• २०८३ कार्तिक १४ शनिबार
  • Saturday, 31 October, 2026

पत्रकार पक्राउबारे नेकपाले भन्याेः राज्य आतङ्क तत्काल बन्द गर

काठमाडाैं। विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने र जनदबाबपछि मात्रै रिहा गर्ने सरकारी प्रवृत्तिप्रति नेपाली कम्यूनिस्ट पार्टी नेकपाले आपत्ति जनाएकाे छ।

पार्टीकाे आधिकारीक फेसबुक पेज मार्फत नेकपाले राज्य आतंक तत्काल बन्द गर्न आग्रह गरेकाे छ ।

पेजमा लेखिएकाे छ, 'समाचार लेखेकै आधारमा मिडियाका गेट अगाडि गरिएको पार्किङ् आतङ्क हुँदै जनआस्थाका सम्पादक किशोर श्रेष्ठको गिरफ्तारीसम्म आइपुगेको सरकारले आज नेपालप्रेसका पत्रकार विश्वमणी सुवेदीलाई न्युजरुमवाटै पक्राउ गरेको छ । आजै सरकार निर्देशित प्रहरीहरुले पत्रकार नवराज मैनाली खोज्दै नयाँपत्रिकाको कार्यालयमा पुगेर अर्को आतङ्क सिर्जना गरेका छन्। दियोपोस्टका सम्पादक सुदिप विश्वकर्मामाथि त्यस्तै धरपकडका प्रयास गरिएका खबरहरु आइरहेका छन्। सरकार प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको मौलिक हकका विरुद्ध शृङ्खलावद्ब रुपमा उत्रिएको देखिन्छ। नेपाली कम्युनिस्ट पार्टी सरकारको यसप्रकारको असंवैधानिक र अलोकतान्त्रिक रवैयाको घोर निन्दा एवम् भर्त्सना गर्दै राज्य आतङ्क तत्काल वन्द गर्न र पुर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न माग गर्दछ।'

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर