• २०८३ कार्तिक १५ आइतबार
  • Sunday, 1 November, 2026

विराटनगर र सुदूरपश्चिमको खेल ५ ओभरको हुने

काठमाडौं । वर्षाका कारण मैदान भिजेपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल पाँच-पाँच ओभरको हुने भएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुवै टोलीका कप्तान, अम्पाएर र म्याच कमिस्नरबीचको छलफलपछि खेलमा पाँच-पाँच ओभरको हुने तय भएको छ। वर्षाका कारण १५ ओभर घटाएर पाँच ओभरमा झारिएको हो। 

सुदूरपश्चिम र विराटनगरको खेल आजै साँझ ७ बजेर ४१ मिनेटमा सुरु हुनेछ। केहीबेरमा टस हुने भएको छ। 

अघिल्ला २ खेल हारेकाले विराटनगरका लागि याे खेल जित्नै पर्ने दबाब छ । सुपले भने २ मा एक खेलमा जित एकमा हार खाएकाे थियाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर