बार्सिलाेनाले एलाभेजलाई हान्याे ६ गाेल
काठमाडौँ । राफिन्हा र लामिन यामलको दुई दुई गोलको मदतले बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार एलाभेजलाई ६–१ ले पराजित गरेको छ र फेरि शीर्ष स्थानमा उक्लेको छ ।
लगातार दुई हारपछि बार्सिलोना फेरि जितको बाटोमा फर्केको हो र उसको ३० अंक भएको छ । एटलेटिको म्याड्रिड दुई अंकको दूरीमा दोस्रो स्थानमा रहेको छ ।
एटलेटिकोले यसअघि लेभान्टेलाई २–० ले हराएर केही घण्टाका लागि शीर्ष स्थान कब्जा गरेको थियो । उसका लागि अलेजान्ड्रो ग्रिमाल्डो र जुलियानो सिमोनीले एक एक गोल गरे ।
बार्सिलोना यसअघि युरोपेली च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन र ला लिगामा रियल म्याड्रिडसँग लगातार खेलमा पराजित भएको थियो ।





प्रतिकृया दिनुहोस