• २०८३ कार्तिक १७ मंगलबार
  • Tuesday, 3 November, 2026

१० बुँदे सहमति गरेर 'पुरानै घर फर्किइन' जेल ब्रेकर उमा भुजेल 

काठमाडाैं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र उमा भुजेल आफ्नाे पुरानै घर फर्किएकी छन् । उनी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच १० बुँदे सहमतिमा हस्ताक्षर गरी पार्टी एकता भएको आज घाेषणा गरियाे ।

एकता पश्चात् पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी र चुनाव चिह्न पाँच कुने तारा रहनेछ, जसको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हुनेछ ।

सहमतिअनुसार राष्ट्रिय महाधिवेशन स्थानीय तहको निर्वाचनपछि आयोजना गरिनेछ र सबै तहका पार्टी समितिको समायोजन मंसिर मसान्तभित्र सम्पन्न गरिनेछ ।

सहमति पत्रमा आन्दोलन मूलतः शान्तिपूर्ण हुने उल्लेख गर्दै परिस्थिति अनुसार आन्दोलनका सबै स्वरूप प्रयोग गर्न सकिने जनाइएको छ । सडक, संसद् र सरकारलगायत सबै मोर्चालाई आन्दोलनको मोर्चाका रूपमा लिइनेछ ।

एकता राष्ट्रिय महाधिवेशन आगामी स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि आयोजना गरिनेछ । त्यस्तै, केन्द्रीय समिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय सचिवालय, केन्द्रीय कार्य संयोजन समिति तथा अन्य केन्द्रीय निकायमा सहमतिका आधारमा साङ्गठनिक समायोजन गरिनेछ ।

सबै तहका पार्टी समिति र जनसङ्गठनको समायोजन मंसिर मसान्तभित्र सम्पन्न गर्ने सहमति भएको छ । पार्टी समितिहरूको सञ्चालन विधि, पद्धति र जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार गरिनेछ ।

त्यस्तै, दुवै पार्टीबिच हुन सक्ने सैद्धान्तिक तथा वैचारिक मतभेद र विगतको समीक्षाबारे निरन्तर छलफल गर्दै एकता राष्ट्रिय महाधिवेशनबाट निष्कर्षमा पुग्ने सहमति भएको छ ।

सहमति पत्रमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव उमा भुजेल तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर