• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

विप्लव समूहबारे ‘सेक्यूरिटी रिपोर्ट’, क्याविनेटमा प्रमको ब्रिफिङ

यी हुन् तारो बनाईएका ४ नेता

काठमाडौं । तत्कालिन नेकपा (माओवादी)को संरचना अन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मातहत स्थायी समितिमा थिए, रामबहादुर थापा ‘बादल’ बर्षमान पुन ‘अनन्त’, नेत्रविक्रम चन्द ‘विप्लव’ र जनार्दन शर्मा ‘प्रभाकर’ लगायतका नेताहरु । पार्टी फुट पछि बादल र विप्लव बाहिरिए अनन्त र प्रभाकर प्रचण्ड संगै रहे । बादल पछि पुरानै घर फर्किए तर ‘विप्लव’ फर्किएनन् । फुटबाट बनेको पार्टीलाई फेरी फुटाएर ससस्त्र द्दन्दको बाटोमा विल्पव लागे ।

उनै ‘विप्लव’ अहिले हतियारवद्ध अभियान चलाइरहेका छन् ।  ‘एकिकृत संघर्ष’का नाममा हतियारबद्ध अभियान चलाईरहेका उनले पहिलो आक्रमणको तारो भने आफ्नै पूर्व अध्यक्ष र सहकर्मीहरुलाई बनाईरहेका छन् ।

केही समय अघि नेकपा केन्द्रिय कार्यालयमा भएको एक कार्यक्रममा अध्यक्ष प्रचण्डले सार्वजनिक रुपमा भनेका थिए । ‘उनिहरु (विप्लव माओवादी)ले आक्रमणको पहिलो निसाना मलाई बनाएका छन् रे । के मलाई मारेर नेपालमा गणतन्त्र बन्छ ?’  त्यसभन्दा पनि अघि संसदको चुनाव ताका रोल्पा जिल्लामा अभियान चलाईरहेका उम्मेदवार अनन्तलाई विप्लव माओवादीले पटक पटक तारो बनायो । रोल्पा सदरमुकाम लिवाङ नजिक सातदोबाटो जंगलमा अनन्तमाथि सुतलीबम हानियो । रोल्पा जिल्लाकै हुनुको नाताले अनन्त–विप्लव नजिकका साथी–साथी समेत हुन् । तरपनि उनै अनन्तले रोल्पामा विप्लव समूहको धेरै आक्रमण झेले ।

गृहमन्त्री तथा नेता रामबहादुर थापा एकिकृत माओवादीबाट छुट्टिएपछि पनि लामो समय संगै सहकार्य गरे । पुरानै पार्टीमा बादल फर्किएर गृहमन्त्री बनेपछि विप्लव समूहका असंवैधानिक गतिविधि नियन्त्रण गर्ने जिम्मा उनै बादलको काँधमा आईलाग्यो । त्यसपछि बादलका अभिव्यक्ती र योजना विप्लव विरुद्ध कडा हुन पुगे । जसको प्रतिक्रिया स्वरुप विल्पव समूहले पनि गृहमन्त्री थापालाई आफुहरुको दोश्रो तारो बनायो ।

नेकपाका नेता जनार्दन शर्मा प्रभाकर अहिले सरकारको कुनै पदमा आशिन नभएपनि उनको अभिव्यक्ती कडा छन् । विगतको पृष्ठभूमि र अहिलेको अभिव्यक्तिका कारण विप्लव माओवादीको तेश्रो निसानामा प्रभावकर समेत परेको कुरा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको सोमबारको बैठकमा सुनाएका हुन् ।

सरकारले विप्लव माओवादीमाथि आक्रमण रणनीति लिएपछि सुरक्षा निकाय पछिल्लो चरणमा सक्रिए भएका छन् । सो पार्टीका तेश्रो तहका नेता हेमन्तप्रकाश ओली देखी तल सम्मका दर्जानौं नेता कार्यकर्ता पक्राउ पनि परिसके । देशभरबाट सुरक्षा निकायले विप्लव माओवादीको तयारी, उनिहरुको क्षमता र संभावनाबारे अध्ययन गरेर प्रधानमन्त्रीलाई रिपोर्ट बुझाएको एक उच्च सुरक्षा अधिकारीले समाचार दैनिकलाई जानकारी दिए ।

सुरक्षा श्रोतले प्रधानमन्त्री समक्ष गरेको सोही रिपोर्ट अनुसार प्रधानमन्त्री ओलीले क्याविनेटको बैठकमा मन्त्रीहरुलाई आफुले पाएको सूचना शेयर गरेका हुन् । जस अनुसार, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुन र नेता जनार्दन शर्मा विप्लव समूहको आक्रमणको पहिलो,दोश्रो, तेश्रो र चौथो निसानामा परेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली लगायत नेकपाका अन्य नेता कार्यकर्ता लाई समेत विप्लव समूहले आक्रमणको निसाना बनाएको सुरक्षा श्रोतको दावी छ । तर, विप्लव माओवादीका नेताहरुले भने सरकारले गरेको दावी अस्वीकार गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर