सहिद परिवारलाई घर हस्तान्तरण गरेर मकवानपुरमा जागरण अभियानको सुरु

मकवानपुर। नेपाली कम्युनिस्ट पार्टी मकवानपुरले सहिद परिवारको लागि बनाएको आवास हस्तान्तरण गर्दै राष्ट्रिय जागरण  अभियानको उद्घाटन गरेको छ। 

आज एक समारोहका बीच बागमती- ९ बेतिनीमा सहिद र बेपत्ता योद्धा क. निरन्तर र क. अर्जुनको सम्झना /सम्मानमा निर्माण गरिएको ३ कोठे घर आमा बर्तमाया रखाललाई हस्तान्तरण गरिएको हो। 

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य एवं मकवानपुर ईन्चार्ज कुमारी मोक्तानले सहिद परिवारलाई घर हस्तान्तरण गरेर अभियानको उद्घाटन गर्न पाउनुको बिशेष महत्व रहेको र यसले जागरण अभियानलाई सकारात्मक उर्जा दिने बताईन। 

त्यसैगरी केन्द्रीय सदस्य विजय गौतमले सहिद परिवारको सम्मान र सहिदका सपना साकार पार्ने कर्ममा सिङ्गो पार्टीपंक्ति एकाकार हुँदा कम्युनिष्ट आन्दोलनको पुनरोदय कसैले रोक्न नसक्ने जिकिर गर्दै अभियानलाई यसैको कडिको रुपमा जोडेर लैजानु पर्ने बताए । 

पार्टी जिल्ला संयोजक ध्रुव भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यहरु प्रमिला लामा पुलामी, सर्केश घलान बागमती पार्टी ईन्चार्ज ज्ञानसागर लामा लगायतले सम्बोधन गरेका थिए । 

आवास निर्माणको लागि मकवानपुरका ११ हजार पार्टी सदस्यहरुले १ महिनाको लेवि बराबरको रकमको योगदान र श्रमदान गरेका थिए भने केही शुभेच्छुक, सहयोगीहरुले नगद तथा जिन्सी समेत सहयोग गरेको बागमती पार्टी संयोजक अरुण बलले बताए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर