काठमाडौंमा मुसल्धारे असिना पानी
काठमाडौं। तिहार अन्तर्गत भाइटिकाको दिन बुधबार दिउँसो काठमाडौं उपत्यकामा असिनासहितको बर्षा भएको छ ।
उपत्यकाका अधिकांश स्थानमा असिनासहितको बर्षा हुँदा टिका लगाउन आवतजावत गर्नेहरु समस्यामा परेका थिए ।
पश्चिमी वायुको आंशिक प्रभावका कारण काठमाण्डौसहित पहाडी भूभागमा बदली र वर्षा भएको नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभागका अनुसार बिहीबारबाट मौसममा सुधार हुने छ भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुनसक्ने बिभागले जानकारी दिएको छ ।







प्रतिकृया दिनुहोस