• २०८३ कार्तिक २९ आइतबार
  • Sunday, 15 November, 2026

मेसीको सन्यासपछिको पहिलो खेलमा अर्जेन्टिनाको हार

काठमाडौं । अघिल्लो महिना राष्ट्रिय फुटबल टिमबाट सदाबहार स्टार लियोनल मेसीले सन्यास घोषणा गरेका थिए । त्यसपछिको पहिलो खेलमा आज विहान अर्जेन्टिनाले उरुग्वेको सामना गरेको थियो ।

मैत्रीपूर्ण खेलमा अर्जेन्टिना हार सहज बाध्य भयो । अधिकाँश युवा खेलाडी मैदानमा उतारेका लियोनल स्कोलानीले मेसीविनाको प्लेइङ ११ बनाउनै कठिन हुने बताएका थिए । खेलमा राम्रो प्रभाव देखाएपछि अर्जेन्टिनाले २–१ गोलको हार खान पुग्यो । 

पहिलो हाफ बराबरी खेलेपछि दोस्रो हाफको सुरुमानै अर्जेन्टिनाका डिफेन्डर बालेर्डीले आत्मघाती गोल गरेर उपहार दिए । त्यस लगत्तै उरुग्वेका लागि अराखोले ५३ मिनेटमा टिमका लागि दोस्रो गोल थपे । 

अर्जेन्टिना त्यसपछि खेलमा फर्कने प्रयासमा थियो । ७३ मिनेटमा जुलियन अल्भारेजले गोल गरेर टिममा आशा फर्काएका थिए । तर पूरै डिफेन्सीभ खेलमा पुगेको उरुग्वेले गोल गर्न दिएन । 

मेसीले छोडेको पहिलो खेलनै अर्जेन्टिनाले हारेपछि टिममाथि दबाब भने परेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर