• २०८३ कार्तिक ३० सोमबार
  • Monday, 16 November, 2026

गगनले भनेः छठ पर्वले प्रकृतिप्रतिको सम्मान र सामाजिक एकताको सन्देश दिने

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले छठ पर्वले प्रकृतिप्रतिको सम्मान, जीवनप्रतिको कृतज्ञता र सामाजिक एकताको सन्देश दिने बताएका छन् ।

छठ पर्वको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले सूर्य उपासना, प्रकृतिप्रतिको श्रद्धा र कृतज्ञताका कारण यस पर्वको विशेष महत्त्व रहेको बताएका हुन् ।

छठ पर्वको आध्यात्मिक आधार प्राचीन वैदिक परम्परासँग जोडिएको उल्लेख गर्दै थापाले ऋग्वेदमा उषा देवीको स्तुति गरिएको बताएका छन् । वैदिक परम्परामा प्रकाश, ऊर्जा र नवजीवनकी प्रतीक उषा देवीको आराधना तथा सूर्य उपासनाको प्राचीन आध्यात्मिक भाव छठ पर्वमा पनि प्रतिबिम्बित हुने उनको भनाइ छ ।

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै सूर्यदेव र छठी मैयाको आराधना गरिने यस पर्वले अन्धकारबाट उज्यालोतर्फ अघि बढ्ने प्रेरणा दिने उनले बताएका छन् ।

‘यस पावन पर्वले हामी सबैमा आपसी सद्भाव, सामाजिक एकता, सकारात्मक ऊर्जा र नयाँ आशाको सञ्चार गरोस्,’ थापाले शुभकामना सन्देशमा भनेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर