• २०८३ मङ्सिर २ बुधबार
  • Wednesday, 18 November, 2026

अध्यक्ष दाहालसँग फ्रान्स-नेपाल संसदीय मैत्री समूहका अध्यक्षले गरिन् भेट

काठमाडौँ । राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेको फ्रान्सको संसदीय प्रतिनिधि मण्डलले शिष्टाचार भेटवार्ता गरेको छ।

सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा फ्रान्सेली संसद्को तल्लो सदन House of Representatives अन्तर्गतको फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष म्याडम बेआट्रिस पिरोन (Madam Béatrice Piron) नेतृत्वको टोलीले शिष्टाचार भेट गरेको हो।

भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध, आपसी हित र संसदीय सहकार्यका विषयमा कुराकानी भएको थियो।

सो अवसरमा अध्यक्ष दाहालले संसदीय मैत्री समूहको भ्रमणले द्विपक्षीय तथा संसदीय सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए। 

नेपाल–फ्रान्स संसदीय सम्बन्ध विस्तारका लागि संघीय संसद्को तर्फबाट आठ सदस्यीय नेपाल–फ्रान्स संसदीय मैत्री समूह गठन गरिएको जानकारी गराउँदै अध्यक्ष दाहालले दुई देशका संसदहरुको सहकार्य र अनुभव आदानप्रदानले कूटनीतिक सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे।

गत भदौको विनाशकारी बाढीपछि फ्रान्सेली राष्ट्रपतिको समवेदना सन्देश, फ्रान्सको ऐक्यबद्धता तथा युरोपेली संघमार्फत् उपलब्ध गराइएको मानवीय सहायताप्रति अध्यक्ष दाहालले आभार व्यक्त गरे। उनले बाढीमा बेपत्ता भएका चार फ्रान्सेली नागरिकका परिवारप्रति समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा फ्रान्सेली सरकारले गरेको सहयोगको पनि प्रशंसा गरे।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर