रास्वपा त्यागेका मुकुल र नेतृ निशा डाँगीकाे मंसिर १० मा विवाह

विराटनगर । हाल पार्टी परित्याग गरिसकेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक महामन्त्री डा. मुकुल ढकाल र प्रतिनिधिसभा सदस्य निशा डाँगीबीच विवाह हुने तय भएका छन् ।

लामो समयदेखिको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गर्न लागेका हुन् । उनीहरूको विवाह आगामी मंसिर १० गते तय भएको हो ।

विवाह झापाको मंगलबारेस्थित डाँगीका आफन्तको घरबाट हुने तय भएको छ । डाँगी साेही क्षेत्रबाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन् ।

मुकुल र निशाबीचको सम्बन्ध यसअघि पनि राजनीतिक वृत्तमा चर्चाको विषय बनेको थियो । 

उनी २०७९ को निर्वाचनमा समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन् ।  

ढकाल भने अहिले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहकाे कटु आलाेचक छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर