सीमा क्षेत्रमा लुकेका पूर्वमुख्यसचिव अर्याललाई काठमाडाैं ल्याएर मुद्दा चलाउने तयारी
काठमाडौँ । नेपाल सरकारका पूर्वमुख्यसचिव तथा तत्कालीन श्रमसचिव एकनारायण अर्याल मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेका छन्। ५९ वर्षीय अर्याललाई ठगी तथा सङ्गठित अपराध सम्बन्धी कसुरमा बिहीबार पक्राउ गरेको नेपाल प्रहरीको अनुसन्धान ब्यूरो सीआईबीले जनाएइको छ।।
अर्यालविरुद्ध सीआईबीले मङ्सिर २ गते काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्ने अनुमति लिइएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र तथा विकास रानाभाटलगायतको जाहेरीले नेपाल सरकार वादी र कैलाश खड्कासमेत प्रतिवादी रहेको उक्त मुद्दामा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको छ।
नेपाल र मलेसिया सरकारबीच भएको श्रम सम्झौता (एमओयू) विपरीत गैरकानुनी रूपमा श्रमिकहरूसँग रकम असुली गरी करिब १ अर्ब ६९ करोड २ लाख २४ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा (८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड स्टर्लिङ) अवैध रूपमा मलेसिया पठाउने निर्णयमा अर्याल प्रत्यक्ष संलग्न रहेको आरोप छ ।
पदीय जिम्मेवारी विपरीत अधिकार क्षेत्र नाघेर बदनियतपूर्ण रूपमा विदेशी मुद्रा अपचलन गराई देशको अर्थतन्त्रमा नोक्सानी पुर्याएको र सङ्गठित समूहलाई आर्थिक लाभ दिलाउने कार्यमा संलग्न रहेको अभियोगमा उनलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।




2026-11-25-01-23-02.jpeg)


प्रतिकृया दिनुहोस