• २०८३ मङ्सिर १३ आइतबार
  • Sunday, 29 November, 2026

समयमा नसकिए स्वत अन्त्य हुने भनिएका एमसीसी आयोजनाको समय सरकारले सुटुक्क थप्यो

काठमाडौं । एमसीसी परियोजना अन्त्रगतका कुनै पनि काम निर्धारित समयमा नसकिएमा त्यसको अन्त्य हुने र नेपाल सरकारले थप बनाउने यस अघि घोषणा गरिएको थियो । तर नेपाल सरकारले ती परियोजनाको पनि अवधि एक वर्षका लागि थप गरेको छ । 

केही साताअघि बसेको मन्त्रीपरिषद् बैठकले नेपाल सरकार र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को संयुक्त लगानीमा सञ्चालित आयोजनासहित विभिन्न परियोजनाको म्याद थप्ने जिम्मेवारी अर्थ मन्त्रालयलाई दिएको थियो। तर, सरकारका प्रवक्ताले सार्वजनिक गरेको ब्रिफिङमा यसबारे जानकारी दिइएको थिएन।

अमेरिकी अनुदानमा सञ्चालित आयोजनाको म्याद थप्न एमसीए–नेपालले पहल गरेको थियो। उसले गत मे महिनाको मध्यतिर अर्थ मन्त्रालयमा प्रस्ताव पेस गर्दै ७४ करोड ७० लाख अमेरिकी डलरको कम्प्याक्ट सम्झौताको अवधि थप्न नेपाल सरकारका तर्फबाट एमसीसीलाई औपचारिक पत्राचार गर्न आग्रह गरेको थियो।

एमसीसीअन्तर्गत ३१५ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण र पूर्व–पश्चिम महेन्द्र राजमार्गको एक खण्ड स्तरोन्नति गर्ने आयोजना छन्।

सरकारको निर्णय अब आगामी महिना बस्ने एमसीसी बोर्ड बैठकमा पेस गरिनेछ। एमसीसीको वेबसाइटअनुसार बोर्डको अर्को बैठक डिसेम्बर ८ मा बस्दै छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियो एमसीसी बोर्डका अध्यक्ष छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर