‘नेपालका प्रतिनिधि विदेश जादा भारतीय प्रतिनिधि राख्नुपर्दथ्याे’ : विष्णु रिजाल
काठमाडौं । नेपाली राजनीतिभित्र हुने गरेको कुटनीतिको विषय यतिबेला चर्चाको विषय बनेको छ । पछिल्लो समय बजारमा आएको एउटा पुस्तकले नेपालको कुटनीतिको बारेमा विगतदेखि वर्तमानसम्म कसरी चल्दै आएको छ र कसरी चल्नुपर्छ भन्ने विषयमा बहस हुन थालेको छ ।
वरिष्ठ पत्रकार तथा राजनीतिज्ञ विष्णु रिजालद्वारा सम्पादीत पुस्तक ‘नेपालको कुटनीतिक अभ्यास, राजदूतहरुको अनुभव’ बजारमा आइसकेपछि नेपालको विगतको र वर्तमान कुटनीतिको विषयमा चर्चा गरिएको पुस्तक हो । सम्पादक रिजालसंग समाचार दैनिकले कुटनीतिको विभिध पाटोमा रहेर छलफल गरेको छ ।
समाचार दैनिकको स्टुडियोमा गरिएको कुराकानीमा सम्पादक रिजालले नेपाल भारतको सम्बन्धको चर्चागर्नुपूर्व दुई समयलाई ध्यानमा राखेर हेर्नपर्ने बताए ।
भारत बिट्रिस इन्डिया हुनेबेला र स्वतन्त्र भइसकेपछिको दुई कालखण्डलाई हेरेर नेपाल भारत सम्बन्धको चर्चा गर्न सकिने उनको तर्क छ ।
भारत स्वतन्त्र भइसकेपछि भारतसंगको सम्बन्ध राजनीतिक हुँदै गएको उनको भनाई थियो । नेपालको प्रतिनिधिमण्डल कुनै पनि देश जाँदा भारतीय दूतावासको प्रतिनधि राख्न पर्ने व्यवस्था समेत भएको अन्तवार्ताका क्रममा बताए ।
प्रतिकृया दिनुहोस