प्रियंकाको यो कस्तो बानी, जुन भयो भाइरल
काठमाडौं । अभिनेत्री प्रियंका चोपडाले निक जोनससँग बिवाह गरेसंगै सामाजिक सञ्जालमा निकै चर्चामा आरहेकी छिन् । उनी यतिबेला फ्लोरिडाको मायामीमा छिन् ।
उनी त्यहाँ मधु चोपडा र बैनी परिणिती चोपडासँग रमाइलो गरिरहेकी छिन् । उनले हालै जन्मदिन मनाएकी थिइन् । जन्मदिनका केही तस्वीर उनले सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । जन्मदिनमा उनले पार्टी पनि दिएकी थिइन् । पार्टीमा उनले परिवारका साथ रमाइलो गरिन् । रमाइरहेकी प्रियंका एक तस्वीरका कारण भने ट्रोलको शिकार बनिन् ।
प्रियंकाले चुरोट तान्दै गरेको एक तस्वीरले ट्रोलको सिकार भएको छ । उनले आफ्नी आमासँगै चुरोट पिउँदै गरेकी छिन् । जुन तस्वीर भाइरल भएको छ ।
प्रतिकृया दिनुहोस