दशै, तिहारको अवसरमा हवाई भाडामा १० प्रतिशत छुट
काठमाडौं । महानपर्व दशैं, तिहार तथा छठ पर्वको अवसरमा वायु सेवा कम्पनीहरुले आफ्ना यात्रुहरुलाई हवाई भाडामा १० प्रतिशत छुट दिने भएका छन् । वायु सेवा सञ्चालक समितिको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो छुट दिने निर्णय गरेको हो ।
सञ्चालक समितिका अनुसार असोज १२ गतेदेखि कात्तिक १७ गतेसम्मको हवाई टिकटमा सम्बन्धित वायुसेवा कम्पनीको काउण्टरबाट टिकट खरिद गरेमा नर्मल हवाई भाडा मुल्यमा एयरपोर्ट ट्याक्स तथा फ्युल चार्ज बाहेक १० प्रतिशत छुट दिने निर्णय भएको संघका अध्यक्ष रामेश्वर थापाले जनाएका छन् ।
उक्त सुविधा नेपाली यात्रुहरुका लागि भएको संघले बताएको छ ।
प्रतिकृया दिनुहोस