एकसाथ ‘स्पेस वाक’ गरेर इतिहास रचे दुई महिला अन्तरिक्षयात्रीले
एजेन्सी । अमेरिकाका दुई महिला अन्तरिक्षयात्री क्रिस्टीना कोच र जेसिका मीर पावरले १८ अक्टोबरका दिन (शुक्रबार) अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशनमा घण्टौँ काम गरी ‘स्पेस वाक’ पुरा गरेर इतिहास रचेका छन् ।
नासाको अन्तरिक्षयात्रीहरु क्रिस्टीना र जेसिकाले सोमबार हस्टनस्थित जोन्सन स्पेस सेन्टरमा पत्रकारहरुसँग यस ऐतिहासिक घटनाबारे कुराकानी गरेका छन् ।
क्रिस्टिना र जेसिकाले अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशनमाबाहिर निस्किएर खराब बनेको एक ब्याट्री चार्जर लगाएका थिए । करिब आठ घण्टा लामो स्पेस वाक र अनुन्धान गरेपछि उनीहरुले ऊर्जा पुनसञ्चलन गर्न सफल भएका थिए ।
केवल महिला अन्तरिक्षयात्रीले ‘स्पेस वाक’ गरेको यो पहिलो घटना हो । उनीहरु बिना पुरुष अन्तरिक्षयात्री साथी नै यो काम पुरा गरेका छन् ।
कोचका लागि यो चौथो ‘स्पेस वाक’ हो भने मेरका लागि भने पहिलो पटक थियो । अहिलेसम्म ४३ ‘स्पेस वाक’ गरिएको छ, जसमा मिर ‘स्पेस वाक’ गर्ने १५औँ महिला बनेकी छिन् ।
यो स्पेस वाक पहिले मार्चमा हुने तय थियो । तर मध्यम आकारको कुनै सूट नभएका कारण यो रद्द गरिएको थियो ।
इलेक्ट्रिकल इन्जिनियर कोचले मिशन तथा उनको साथी अन्तरिक्ष यात्री मीरलाई लीड गरेकी थिइन् । मीर मरीन साइन्समा डाक्टरेट हुन् ।
अमेरिकाले सन् १९८३ मा पहिलो पटक महिला अन्तरिक्षयात्रीलाई अन्तरिक्षमा पठाएको थियो । अहिले अन्य कुनै देशको दाँजोमा अमेरिकाको महिला सबैभन्दा धेरै अन्तरिक्षमा गएका छन् ।
तर पहिलो महिला अन्तरिक्ष यात्रीले भने सोभियत संघकी भेलेन्टिना तेरेस्कोभा हुन्, जो सन् १९६३ मा अन्तरीक्षमा गएकी थिइन् ।
पत्रकारसँग कुराकानी गर्दै अन्तरिक्षयात्री क्रिस्टीना कोच र जेसिका मीर :
प्रतिकृया दिनुहोस