कोरोना विशेष अस्पतालमा मृत्यु भएका थापाको शव उठेन
बुटवल । बुटवलस्थित कारोना विशेष अस्पतालमा मृत्यु भएका पाल्पा रिब्दिकोटका बावुराम थापाको शव उठ्न सकेको छैन । शुरुमा कोरोनाको आंशकामा उनका आफ्न्तहरु नआउदा नउठेको शव मंगलवार उनकी श्रमिति रिताले माग अगाडी सारेपछि शब उठ्नेबारे अन्योल भएको छ ।
रुपन्देहीको सैनामैना नगरपालिकामा अस्थायी रुपमा बस्दै आएका थापा यही चैत ६ गते दुर्वइबाट स्वदेश फर्किएका थिए । रुपन्देही आएपछि ज्वरो आउने तथा कोरोनासग मिल्दा लक्ष्याण देखिएपछि जचाउन यही चैत १३ गते लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा गएका थिए । तत पश्चात उनलाई कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो ।
उनको १६ गते मृत्यु भएको थियो । तर उनको स्वाव परिक्षण मा कोरोना नभएको रिपोर्ट मृत्यु भएको अर्को दिन आएको थियो । रिपोर्टमा कोरोना नभएको आएपछि उनकी श्रीमतिले मृत्युको कारण र क्षतीपूर्ति माग गर्दै शब माग पुरा नभए शव नउठाउने बताएकी छिन ।
अस्पतालमा भर्ना भएपछि श्रीमानलाई राम्रो ब्यवहार नभएको र धेरै नै लार्पवाही ले श्रमिानको मृत्यु भएको आरोप उनले लगाएकी छिन ।
प्रतिकृया दिनुहोस