• २०८१ बैशाख २१ शुक्रबार
  • Friday, 3 May, 2024

कोरोनाका कारण फ्रेन्च क्लब मार्सेका पूर्व अध्यक्ष पेप डिउफको निधन

कोरोना भाईरसको संक्रमणका कारण फ्रेन्च क्लब मार्सेका पूर्व अध्यक्ष पेप डिउफको मृत्यु भएको छ ।

डिउफको ६८ वर्षको उमेरमा सेनेगलमा निधन भएको हो ।  मार्सेले सामाजिक संजाल ट्वीटरबाट पूर्व अध्यक्ष डिउफको निधन भएको पुष्टि गरेको छ । डिउफ सन् २००५ देखि २००९ सम्म लिग वान क्लब मार्सेका अध्यक्ष रहेका थिए ।

डिउफको निधनमा फ्रेन्च फुटबल फेडेरेसनले पनि शोक व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर