भारतमा जन्मिएका जुम्ल्याहाको नाम राखियो ‘कोरोना’ र ‘कोभिड’
एजेन्सी । विश्वभर बढ्दो कोरोनाभाइररस महामारीको प्रकोपका कारण भारतमा २१ दिने लकडाउन जारी छ ।
यसबीच, गत मार्च २७ मा छत्तिसगढ राज्यको राइपुरमा जन्मिएका जुम्ल्याहा बच्चाको नाम ‘कोरोना’ र ‘कोभिड’ नाम राखिएको छ ।
भारतमा देशव्यापी लकडाउन चलिरहेका कठिन समयमा जन्मिएका कारण जुम्ल्याहा छोरा र छोरीको नाम यस्तो राखिएको उनीहरुका बुबा–आमाले बताएका छन् ।
यस नामले पुरै देश नै लकडाउनमा गएको कठिन समयको सम्झना रहोस् भनेर राखेको दम्पतिले बताएका छन् । एक सरकारी अस्पतालमा यी जुम्ल्याहा सामान्य डेलिभरी मार्फत् जन्मिएको बताइएको छ ।
दम्पतिले पछि गएर सन्तानहरुको नाम परिवर्तन सक्ने पनि बताएका छन् । ‘परिस्थिति निक्कै कठिन थियो । हामीले थुप्रै चुनौतीहरुको सामाना गर्यौँ र म र मेरो श्रीमान यस दिनलाई यादगार बनाउन चाहान्थ्यौँ,’ जुम्ल्याहाकी आमाले स्थानीय सञ्चारमाध्यमसँग भनिन् ।
‘यो भाइरस प्राणघातक छ, तर यसको महामारीले मानिसमा स्वास्थ्य र राम्रो बानीका बारेमा ध्यान दिन बाध्य बनाएको छ । त्यसैले हामीले यी नाम राख्ने सोच्यौँ,’ उनले भनिन् ।
प्रतिकृया दिनुहोस