शुरु भो कोभिड–१९ प्रतिकार्य कार्यक्रम
कैलाली । धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएका क्वारेन्टीन र आईसोलेशन व्यवस्थापनमा थप सहयोग पु¥याउन कोभिड–१९ प्रतिकार्य कार्यक्रम सुरुआत गरिएको छ ।
ती दुई क्षेत्रमा खानेपानीको व्यवस्थापन, सरसफाई र त्यहाँ उत्पादन हुने फोहरमैलाको व्यवस्थापन गर्ने उद्देश्यले सो कार्यक्रम सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ । कोरोना जोखिमलाई कम गर्ने मुख्य ती दुई क्षेत्र व्यवस्थापनलाई सो कार्यक्रमले थप सहयोग पुग्ने जनाइएको छ ।
जर्मन अन्तराष्ट्रिय सहयोग नियोग (जिआइजेड)को संयोजनमा यहाँस्थित जर्मन राजदुतावास र नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको साझेदारी कार्यक्रम सुरु भएको नगर प्रमुख नृपबहादुर वडले बताए ।
सो कार्यक्रम अन्तर्गत रु. ६४ लाख रकम खर्च हुने सोसाइटीका जिल्ला शाखा सभापति उत्तम जोशीले जानकारी दिए । उनले कार्यक्रम सञ्चालनका लागि आज उपमहानगरपालिकासँग समन्वयात्मक बैठक सम्पन्न भएको जानकारी दिए ।
प्रतिकृया दिनुहोस