कारागारमा कैदीको मृत्यु
तुलसीपुर । तुलसीपुर कारागारका एक कैदीको आज मृत्यु भएको छ । ठगी मुद्दामा कैद भुक्तान गरिरहेका कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं ४ निवासी ६९ वर्षीय अमिरुल्ला मुसलमानको उपचारका क्रममा मृत्यु भएको तुलसीपुर कारागारका नायब सुब्बा जोखिम वलीले बताए ।
मुसलमान पटकपटक बिरामी पर्ने गरेका थिए । उनले भने ‘उहाँमा दिसापसाब आएको पनि थाहा नपाउने,मानसिक रुपमा पनि समस्या थियो ।’
कपिलवस्तु जिल्ला अदालतले विसं २०७५ असोज १५ गते मुसलमानलाई तीन वर्ष कैद सुनाएको थियो । कपिलवस्तु कारागार रहेका मुसलमानको गत वर्ष पुस ९ गते तुलसीपुर कारागारमा सरुवा गरिएको थियो । उनको शव आफन्तले बुझिसकेका छन् । रासस
प्रतिकृया दिनुहोस