शनिबार ३१५ कोरोना संक्रमित थपिए
काठमाडौं । नेपालमा शनिबार थप ३१५ कोरोना संक्रमित थपिएका छन् । संक्रमितहरुमा ६ जना उपत्यकाका पनि रहेका छन् । सोही अवधीमा निको भएर ९३ जना घर फर्किएका छन् । हालसम्म निको हुने संक्रमितको संख्या १४ हजार ४९२ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल देशभर ५ हजार ३३८ जना सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए । हाल क्वारेन्टाइनमा ११५३३ जना छन् ।
प्रतिकृया दिनुहोस