लेस्टर सिटीसँग घरेलु मैदानमै म्यानचेस्टर सिटी पराजित
एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा लेस्टर सिटीले बलियो टिम पेप गार्डिवलाको म्यानचेस्टर सिटीमाथि ५–२ को शानदार जित दर्ता गरेको छ ।
अवे मैदानमा भएको खेलमा लेस्टर सिटीले पहिलो हाफमा बराबरी भए पनि दोस्रो हाफमा थप गोल गरे जित निकालेको हो ।
चौथो मिनेटमा नै रियाद महरेजको गोलबाट अग्रता लिएको घरेलु टोली म्यानचेस्टर सिटीले त्यसलाई जोगाउन सकेन। यो खेलमा ह्याट्रिक गरेका जेमी भर्डीले ३७ औँ मिनेटमा पाएको पेनाल्टीमा लेस्टर सिटीका लागि बराबरी गोल फर्काए ।
उनले ५३ औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा ५८ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरी ह्याट्रिक पूरा गरे । ७७ औँ मिनेटमा जेम्स म्याडिसनले लेस्टर सिटीका लागि चौथो गोल गरेका हुन् ।
८४ औँ मिनेटमा महरेजको सहयोगमा नेथन आकेले म्यानचेस्टर सिटीका लागि गोल गरे । ८८ औँ मिनेटमा लेस्टर फेरि पेनाल्टी पाए, त्यसलाई सदुपयोग गरी योरी टिएल्मन्सले गोल गरे र टिम ५–२ ले विजयी भयो ।
प्रतिकृया दिनुहोस