विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ३५ लाख ४० हजार नाघ्यो
काठमाडौं । विश्वमा संक्रमितको संख्या तीन करोड ३५ लाख ४० हजार ३० पुगेको छ । पछिल्लो २४ घण्टामा दुई लाख २६ हजार ८६३ संक्रमित थपिएका हुन्।
कोभिड(१९ बाट विश्वमा मृत्यु हुनेको संख्या १० लाख ६ हजार ५७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप तीन हजार ७६५ जनाको मृत्यु भएको हो।
वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ४८ लाख ६७ हजार ७४३ जना संक्रमणमुक्त भएका छन्।विश्वमा सक्रिय संक्रमितको संख्या ७६ लाख ६६ हजार २३० छ। त्यसमध्ये ६५ हजार ३७५ जना गम्भीर अवस्थाका छन्।
यसै गरी अमेरिकामा संक्रमितको संख्या ७३ लाख ५९ हजार ५१३ पुगेको छ भने भारतमा ६१ लाख ४३ हजार १९ पुगेको छ।
प्रतिकृया दिनुहोस