नेपालमा थप ३७९० जनामा कोरोना पुष्टि, १८ को मृत्यु, २३३५ डिष्चार्ज
काठमाडौं । नेपालमा सोमबार थप ३७९० जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । नेपालमा कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ भने हालसम्म ७५७ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २३३५ निको भइ डिष्चार्ज भएका छन् भने हालसम्म ९४ हजार ५०१ जना डिष्चार्र्ज भएका छन् ।
प्रतिकृया दिनुहोस