• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

समय जुधाउन मात्रै मन्त्रिपरिषद बुधबार बोलाएको यसरी भयाे पुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आकस्मिक भनेर बुधबार १ बजेका लागि बोलाएको बैठक नेकपाको सचिवालय बैठकसँग जुधाउनकै लागि डाकिएको पुष्टि भएको छ । शुरुमा १ बजे भनिएपनि प्रधानमन्त्री ओलीसमेत सचिवालय बैठकमा सहभागि हुने भएपछि मन्त्रिपरिषद बैठक २ बजेका लागि सारिएको थियो । 

सामान्य अवस्थामा साताको सोमबार र बिहिबार मन्त्रिपरिषद बैठक बस्ने गरेको थियो । बुधबार अचानक मन्त्रिपरिषद आव्हान भएपछि कुनै गंभिर र आपतकालिन विषयमा निर्णय गर्ने संभावना बारे मन्त्रिहरुले आँकलन गरेका थिए । 

तर बुधबार २ बजेपछि जम्मा २० मिनेट बसेर मन्त्रिपरिषद बैठक सकियो । बैठकमा आपतकालिन अवस्थामा पार्टी बैठकको समयसँग जुधाएर बैठक बस्नै पर्ने बाध्यता  नरहेको प्रस्तुत भएका एजेण्डा र निर्णयले प्रष्ट पारेको छ ।

याे पनि पढ्नुस् ः

'पार्टीकाे विवादमा बाह्य हस्तक्षेप स्वीकारर्दैनौं' –नेकपा

नेकपा बैठक : अध्यक्ष ओलीले पनि नयाँ प्रस्ताव ल्याउने

बुधबारको बैठकमा जम्मा ५ ओटा एजेण्डा प्रस्तुत भएका थिए । रक्षा मन्त्रालयले ल्याएको नेपाली सेनाका अधिकारीको सरुवा, गृहमन्त्रालयले ल्याएको सचिवको अवकास सम्बन्धी प्रस्ताव जस्ता जहिले निर्णय गर्दापनि हुने मन्त्रालयका नियमित एजेण्डाहरु बैठकमा छलफल भएको एक मन्त्रीले समाचार दैनिकलाई जानकारी दिए । 

पार्टी भित्रको विवाद उत्कर्षमा पुगेका बेला आकस्मिक भनेर डाकिएको मन्त्रिपरिषदमा दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने, मन्त्रीहरु हेरफेरलगायतका गंभिर विषयहरु आउनसक्ने आँकलन नेकपाका नेताहरुले गरेका थिए । 

पार्टीको बैठक सहमतिमा नै बस्ने, प्रधानमन्त्रीले पनि अर्को प्रस्ताव ल्याउने, सहमतिकै आधारमा आगामि बैठककाे मिति तय गर्ने जस्ता सकारात्मक कुरा अघि बढेपछि मन्त्रिपरिषद पनि औपचारिकताका लागि मात्रै बसेको हुन सक्ने ती नेताको भनाई रहेको छ । 

याे पनि पढ्नुस् ः

प्रधानमन्त्री सचिवालय बैठकमा बस्न तयार, फेरी पुगे शीतल निवास

बुधबारको मन्त्रिपरिषद बैठकः यी हुन् प्रधानमन्त्रीका संभावित कदम

नेकपा सचिवालयले सहमतिका आधारमा ५ निर्णय गरेको छ । जसमा मंसिर १३ गते सचिवालयको बैठक पुनः बस्ने, १३ गते वस्ने सचिवालयको बैठकमा प्रधानमन्त्री केपी ओलीले आफ्नो तर्फबाट प्रस्ताव प्रस्तुत गर्ने, पार्टी भित्रको संकट र निवारण सम्वन्धमा दुवै प्रस्ताव सहितको छलफलबाट समस्या समाधान खोज्ने, मंसिर १८ गते स्थायी कमिटीको बैठक बस्ने र मंसिर २५ गते केन्द्रीय कमिटीको बैठक बस्ने  निर्णय गरेको छ ।

यसअघि नेकपा केन्द्रीय कमिटीको बैठक मंसिर १५ गतेका लागि तय गरिएको थियो ।  

याे पनि पढ्नुस् ः

सचिवालय बैठक एक साता पछि सार्ने तयारीमा प्रधानमन्त्री ओली

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर