पोखरामा एकै दिन ७ कोरोना संक्रमितकाे मृत्यु
कोरोना संक्रमणबाट पोखरामा एकै दिन ७ जनाको मृत्यु
पोखरा । देशव्यापी बढ्दै गएको कोरोना भाइरस (कोभिड–१९)का कारण पोखरामा एकैदिन ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा कास्कीको पोखरा महानगरपालिकाका ६ जना पुरुष र तनहुँका एकजना पुरुष रहेका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड–१९ उपचार केन्द्रले जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय ३८ पुगेको छ ।
प्रतिकृया दिनुहोस