कारोनाबाट एकै दिन १६ जनाको मृत्यु
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९)बाट एकै दिन १६ जनाको मृत्यु भएको छ । योसँगै मृतकको १ हजार ३ सय ३७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९ सय ८० जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् । योसँगै कूल संक्रमितको संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ४३ जनाले कोरोना जितेका छन् । योसँगै कोरोना निको हुनेको कूल संख्या २ लाख २ हजार ६७ पुगेको मन्त्रालयले जनाएको छ ।
आजसम्म १८ हजार ८८४ कोरोनाका सक्रिय संक्रमित छन् । जसमध्ये संस्थागत आइसोलेसनमा १८ हजार ८ सय ८४ जना र ६ सय २९ जना होम क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस