अछाममा बस दुर्घटना हुँदा एक जनाको मृत्यु
अछाम । अछाममा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलसेन देखी धनगढी तर्फ आईरहेको ना ४ ख ९९७२ नम्बरको बस दुर्घटना भएको हो । जिल्लाको चौरपाटी गाउँपालिकाको मार्कुमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा साँफेबगर नगरपालिका वडा न ३ का १९ बर्षीया निरज कुँवर रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। दुर्घटमा १७ जना घाईते छन । बस दुर्घटनाको थप बिबरण आउन बाँकी रहेको छ।
प्रतिकृया दिनुहोस