नेप्सेको अहिलेसम्मकै उच्चतम विन्दु

 
काठमाडौं । नेपाली सेयर बजारले सोमबार अहिलेसम्मकै अर्को उच्च विन्दु टेस्ट गरेको छ । उसोतः पछिल्लो केही दिनयता हरेक दिन आफैले बनाएको रेकर्ड ब्रेक गर्दै नयाँ बिन्दु कायम राख्न सफल नेप्सेले सोमबार पनि नयाँ बिन्दु राख्न सफल भएको हो ।

नेप्सेले बजार खुलेर कारोबार सुरु गरेको केही मिनेटमा नै २०२८.४५ अंकलाई छोएर बन्द हुँदासम्ममा १९९७.०६ अंकमा अडिएको छ । अल्पकालीन लगानीकर्ता हावी हुँदा बिक्री चाप पनि बढेको हो । तर यही बेला नयाँ लगानीकर्ता पनि उत्तिकै थपिएका छन् ।

नेप्से सूचक २८.७९ अंकले बढेर १९९७.०५ विन्दुमा आइपुगेको छ । साेमबार १९८ कम्पनीको ८ अर्ब ८६ करोड ७७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

२ करोड ५१ लाख ९१ हजारभन्दा बढी कित्ता कारोबार भएको छ । कूल १२ समूहको सेयर कारोबार भएकामा ४ वटा समूह तल झरेका छन् भने बाँकी समूहका सूचक माथि लागेका छन् । निर्जीवन बिमा समूह सबैभन्दा धेरै ८२३.३५ अंकले बढेको छ । 

साेमबार उदाएकाे नेप्से


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर