• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

 च्याम्पियन्स लिग : रियल म्याड्रिड शख्तर डोनेटस्कसँग पराजति

 काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिड पराजति भएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिड शख्तर डोनेटस्कसँग २–० गोल अन्तरले पराजित भएको हो ।शख्तरका लागि डेन्टिन्हो र मानोर सोलोमनले एक एक गोल गरेका हुन् ।

यो हारपछि रियल म्याड्रिड समुह चरणबाटै बाहिरिने सम्भावना बढेको छ । अहिले रियल म्याड्रिडको ५ खेलमा ७ अंक छ भने समुहमा तेस्रो स्थानमा रहेको छ । अब समुहको अन्तिम खेल बोरुसिया एमग्लाडवाचविरुद्धको खेल जित्नै पर्ने भएको छ । सो खेल डिसेम्बर १० मा हुदै छ ।

यस समुहबाट अन्तिम १६ मा पुग्ने टिमको टुंगो भने अब अन्तिम खेलपछि नै लाग्ने छ । एमग्लाडवाच ५ खेलमा ८ अंकसहित शिर्ष स्थानमा छ भने शख्तर ५ खेलमा ७ अंकसहित दोस्रो स्थानमा छ । त्यस्तै इन्टर मिलान ५ खेलमा ५ अंकसहित चौथो स्थानमा रहेको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर