५२२ जना थपिए ५७८ जना डिस्चार्ज
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपाल अधिराज्यभर ५२२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल सङ्ख्या दुई लाख ६२ हजार सात सय ८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४५५१ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
त्यस्तै पछिल्लो २४ घण्टामा पाँच सय ७८ जना डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ५५ हजार ६ सय ६६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको ज्यान गएको छ । योसँगै मृतकको संख्या १८९३ पुगेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितमध्ये २२५ जना आइसोलेशनमा र ३ ४२ जना क्वरेण्टीनमा छन् ।
प्रतिकृया दिनुहोस