प्रधानमन्त्री ओलीलाई युवा विद्यार्थीको ब्यङ्ग्यः ‘बयलगाढा चढेर अमेरिका पुगिदैन’
काठमाडौ । प्रधानमन्त्री केपी ओलीले चालेको प्रतिनिधिसभा विघटनको कदम विरुद्ध आईतबार पनि देशभर प्रदर्शन भयो । अनेरास्ववियू र युवा संघले आयोजना बयलगाडा जुलुस देशैभर आयोजना गरिएको थियो ।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरे पछि नेकपा प्रचण्ड नेपाल पक्ष श्रृंखलाबद्ध आन्दोलनमा छ । माउ पार्टीले प्रधानमन्त्रि ओलीको असंवैधानिक कदम विरुद्ध सडक संघर्ष गरीरहेको समयमा विद्यार्थी र युवा पनि फरक प्रकृतिका आन्दोलनका कार्यक्रम लिएर सडकमा पुगेका छन् ।
प्रधानमन्त्री ओलीले राजतन्त्र विरोधी जनआन्दोलनका क्रममा नेपालमा गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका पुग्न जस्तै हो’ भनेर दिएको अभिव्यक्तीलाई व्यंग्य गर्दे बयलगाडा प्रदर्शन गरेको अनेरास्ववियूले जनाएको छ।
प्रतिकृया दिनुहोस