१५ औं योजनाको ड्राफ्ट डेढ महिनाभित्र

काठमाडौं । राष्ट्रिय योजना आयोग यतिबेला १५ औं योजना निमार्णको चरणमा छ । अबको डेढ महिनाभित्र योजनाका ड्राफ्ट तयार गर्नेगरी आयोगले काम गरेको छ । 

अबको एक/डेढ महिनाभित्र १५ औं योजनाको ड्राफ्रट तयार हुने आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले जानकारी दिए । उनले १५ औं योजनाका साथै दीर्घकालिन योजना निमार्णमा पनि आयोग जुटेको बताएका छन् । उनले भने, 'आवधिक योजनाका साथै हामी दीर्घकालिन प्रकृतिका योजना निमार्णको तयारीमा छौं । आयोग २५ वर्षे दीर्घकालीन योजना निर्माणमा समेत जुटेको छ ।' 
 
मुलुकमा राजनीतिक संक्रमणका अन्त्य भएको भन्दै अब आर्थिक समृद्धिका लागि आयोगले पनि दीर्घकालीन र मध्यकालीन योजना तय गर्ने उनले बताए । 

प्रदेशमा पनि योजना आयोग

देश संघीयतामा गएसँगै प्रदेश स्तरमा पनि योजना आयोग गठन भएका छन् । सात प्रदेशमध्ये छ वटा प्रदेशमा नीति तथा योजना आगोगको गठन भएको उपाध्क्ष कंडेलले बताए । 

प्रोक्जेक्ट बैंक बनाउँदै आयोग

राष्ट्रिय योजना आयोगले प्रोजेक्ट निमार्ण गर्ने भएको छ । देशको दीर्घकालीन विकासको खाका तयार पार्न प्रोजेक्ट ९परियोजना० बैंक बनाउने लागिको उपाध्यक्ष कंडेलले बताए । उनले हालसम्म जनप्रतिनिधि अर्थात सांसदको सिफारिसमा विकास योजना छनोट हुँदै आएकोमा अब प्रोजेक्ट बैंक बनाएर परियोजना छनोट गरिने बताए । उनले कुन ठाउँमा कस्ता प्रकृतिका परियोजना निमार्ण गर्न सकिन्छ, संभावना के छ ? परियोजनाको लागत कति पर्छ र त्यसको लाभ कस्तो कति हुने जस्ता विषय अध्ययन गर्ने गरी प्रोजेक्ट बैंक स्थापना गरिने बताए ।

आर्थिक पत्रकार संघसँग सहकार्य गर्ने प्रतिबद्धता

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष कँडेलले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार संघको नव निर्वाचित कार्यसमितिको भेटमा उपाध्यक्ष कँडेलले यस्तो प्रतिबद्धता जनाएका हुन् । 

उनले  मुलुकले लिएको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नका लागि पत्रकारको महत्वपूर्ण भूमिका रहेको भन्दै पत्रकारको क्षमता अभिवृद्धिमा आफ्नो सदैव सहयोग रहने बताए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर