• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

कांग्रेस जोगाउन हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्र आवश्यक : कमल थापा

हिमाल जोशी , धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली काँग्रेसले आफुलाई जोगाउन हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रमा जानु पर्ने बताएका छन् । 

आईतबारबाट धनगढीमा शुरु भएको राप्रपाको सुदूरपश्चिम प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष थापाले भने–‘राजा र प्रजातन्त्रवादी बिचको एकता टुटेकाले देशमा कम्युनिष्टको संख्या बढेका छन्, अब एकताका लागि संवैधानिक राजतन्त्र आवश्यक छ ।’

गाउँ गाउँमा सिंहदरबारको नारा दिएर स्थानीय निर्वाचन गराएका कम्युनिष्ट र कांग्रसले जनतालाई सिंहदरबारको सट्टा भ्रस्टाचार मात्रै दिएको उनको भनाई छ । अध्यक्ष थापाले राप्रपा संघियताको विरोधमा रहेको भन्दै दुइ ठूला पार्टीले संघियता ल्याएकाले यसको घाटापनि सोही पार्टीले बेहोर्नुपर्ने बताए ।

जनताले राष्ट्रवादी शक्ति भनेर कम्युनिस्ट पार्टीलाई दुई तिहाइका साथ विजयी गराएपनि सरकारका शुरुवाती कामबाटै जनता निराश बनेको उनको भनाई छ ।

अध्यक्ष थापाले अबको बिकल्प राप्रपा मात्रै रहेको बताए । जनताले राजसंस्था चाहेकाले अवको ५–६ बर्षभित्र राजसंस्था आउने उनले दावी गरे ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर