अनाथ अपाङ्ग बालवालिकाको सहयोगार्थ टोकियोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
जापान । नेपालको अनाथ तथा अपाङ्ग बालवालिकाको सहयोगको लागी टोकियोमा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
नयाँ वर्ष २०१९ को स्वागत संगै गुल्मी आपचौर सेवा समिती जापानले आयोजना गरेको कार्यक्रममा टोकियोका दर्शक नाचेँ ।
परदेशी गायक भनेर आफ्नो नाम कमाएका सुर्य खड्का स्टेच छिरे पछि । सालैजो र दोहोरी गितको मजा दर्शकले लिए । संगै गायिका प्रिती आलेको प्रस्तुतीमा पनि युवा जमातको वाहवाहि बढ्यो । आधुनिक गायकमा राम्रो छवि वनाएका हेमन्त शर्मा त झन दर्शकको सिट मै पुगेर नाचे ।
कार्यक्रमको मुख्य आकर्षकको रुपमा रहेका महानायक राजेश हमालको प्रवेशले सहभागी दर्शक मख्ख परे । हमालको नाचँ र प्रष्ट्र बोली दर्शकलाई नजिक सोच्ने लवजले त झन हल नै गुन्जीयो ।
कार्यक्रममा प्रमुख अतिथी एनआरएनएका युवा संयोजक सुदन थापाले परोपकारी काम गर्ने थोरै काम मध्ये यो पनि रहेको जानकारी दिदै प्रशंसा समेत ब्यक्त गरे ।
एनआरएनएका प्रतिनिधी संघसंस्थाका अध्यक्ष एवम टोकियोका नेपालीको बाक्लो सरभागीता रहेको थियो ।
कार्यक्रम गुल्मी आपचौर सेवा समिती जापानका अध्यक्ष महेन्द्र कुमार अधीकारीको अध्यक्षता एवम शिक्षा शान्ती बाईवाको संचालनमा सम्पन्न भएको थियो ।
प्रतिकृया दिनुहोस