• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

१० महिनामा १८ पटक चितवन झरे प्रचण्ड, अघि बढे ६ अर्वका विकास याेजना

प्रचण्डले आफुलाई देशभर सक्रिय गराउँदै गर्दा आफ्नो जिल्ला र निर्वाचन क्षेत्रलाई प्राथामिकतामा राखेका छन्

चितवन । जनयुद्धको नेतृत्व गरेका, सिंगो शान्ति प्रकृयाका प्रमुख पात्र, २ पटक प्रधानमन्त्री बनिसकेका, कास्कीमा जन्मिए पनि पछिल्लो चरण चितवनलाई गृहजिल्ला बनाएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । अघिल्ला चुनावमा रोल्पा, सिराहा र काठमाडौंलाई निर्वाचन क्षेत्र बनाएका प्रचण्डले पछिल्लो चुनावमा आफ्नै गृहजिल्ला चितवन रोजे । र, मंसिर १०÷२०७४ मा ‘प्रचण्ड’ चितवन क्षेत्र ३ बाट विजयी पनि भए । 

चुनावी अभियानका क्रममा प्रत्येक मतदाताको घरदैलोमा पुग्दा उनले भनेका थिए ‘बल्ल मलाई चुनाव लडेजस्तो महशुस भएको छ । यसपटक म विजयी भएं भने चितवनले चाहेको विकास साँच्चिकै गरेर देखाउने छु ।’ 

त्योवेला उनले अबको ५ वर्षमा चितवनका हरेक सडक पिच हुने धुलो सडक देख्नु नपर्ने बताएका थिए । चितवनमा प्रचण्डको प्रवेशपछिका विकासका परियोजना र उनले देखाएको रुची हेर्ने हो भने साँच्चिकै लोभ लाग्दो छ । एउटा राष्ट्रिय नेताको प्रथामिकता पक्कै पनि एउटा जिल्ला वा एउटा क्षेत्र हुन सक्दैन । उनले आफुलाई देशभर सक्रिय गराउँदै गर्दा आफ्नो जिल्ला र निर्वाचन क्षेत्रलाई प्राथामिकतामा राखेका छन् ।

अध्यक्ष प्रचण्डको महत्वकांक्षी योजनामा भरतपुर महानरगपालिका प्रमुख रेणु दाहालले हात र साथ दिइरहेकी छन् । दाहाललाई राष्ट्रिय स्तरबाट प्रचण्डको साथ छ । नाताले बाबु–छोरीको सम्बन्धले चितवनको विकासमा गज्जवको प्रभाव परिरहेको स्थानीय विश्लेषक र प्रचण्डका विपक्षीहरु समेत स्वीकार गर्दछन् । 

चितनवमा प्रचण्डको सक्रियता यस्तो छ : ०७४ मंसिर १० गतेदेखि २०७५ माघ १७ गतेको बीचमा प्रचण्ड चितवनमा १८ पटक आएर ५७ कार्यक्रममा सहभागी भएका छन् । अहिले यस क्षेत्र लगायत चितवनमा उनको पहलमा विकासका पूर्वाधारका लागि मात्रै ४ अर्ब रकम विनियोजन भएको छ । प्रचण्डको पहलमा रिङरोड, लिङ्करोड र प्रचण्ड मार्गका लागि २ अर्ब विनियोजन गरिएको हो ।

सहरी विकास कार्यक्रम अन्तर्गत २०७७ असार मसान्तसम्म सम्पन्न गर्ने गरी विभिन्न १३ वटा सडकमा काम भइरहेको छ ।

उनकै पहलमा चितवनमा पाँच हजारसम्म अट्ने गरी अत्याधुनिक सिटी हल र रामपुरमा बन्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्यसमेत अगाडि बढेको छ । त्यस्तै, पुल्चोकदेखि गोन्द्राङसम्मको सडकलाई ६ लेनमा रुपान्तरण गर्ने गरी डिपीआर भइरहेको प्रचण्डका स्वकीय सचिव निशा न्यौपानेले जानकारी दिइन् ।

न्यौपाने चितवनमा बसेर प्रचण्डका कार्यक्रमहरुको संयोजन गर्दै आएकि छन् । उनका अनुसार २०७४ मंसिर १० गते प्रचण्ड निर्वाचित भएपछि प्रचण्ड स्थानीय स्तरका साना देखी ठूला कार्यक्रममा सहभागि हुने गरेका छन् । 

प्रचण्ड सहभागी भएका कार्यक्रमहरु :
 ०७४ मंसिर १०, ११, १२ गते निर्वाचित क्षेत्रका विभिन्न स्थानमा विजय ¥याली ।
 ०७४ फागुन १२ गते चितवनमा भएका कार्यक्रममा सहभागी ।
 ०७४ फाल्गुन १३ गते निर्वाचन क्षेत्रीय जनसम्पर्क कार्यालय उद्घाटन ।
 ०७४ चैत्र २९ गते आधारभूत विद्यालय सुन्दरबस्ती स्कुलको स्वर्णोत्सव कार्यक्रमको उद्घाटन ।
 ०७४ चैत्र २९ गते गुञ्जनगर माविको स्वर्णोत्सव कार्यक्रमको उद्घाटन । 
 ०७४ चैत्र ३० गते सुकुम्बासी सुधार समिति र चितवन जिल्लाभित्र रहेका सुकुम्बासीको समस्या समाधानसम्बन्धी ज्ञापन पत्र ग्रहण ।

०७४ चैत्र ३० गते एकै दिन माडी नगरपालिकामा विभिन्न ७ कार्यक्रममा सहभागी । 
 सहिद स्मारक पार्क अनुगमन
 नमूना मत्स्य संकलन गृह उद्घाटन
 माडी नगरपालिका भवन निरिक्षण
 माडी नगरस्तरीय बुद्धिजीवीसँग नगर भेलामा सम्बोधन
 बाँदरमुडे घटनापीडित र मृतक परिवारसँग साक्षात्कार 
 माडी नगरस्तरीय फुटवल कार्यक्रमको उद्घाटन
 माडी रंगशालाको शिलान्यास

२०७५ बैशाख ६ गते
उनले नेपाल सरकारको योजना अन्तर्गत राष्ट्रिय भर्ना अभियानमा साझापुर मावि मेघौलीका दुई बालक अरुण मुसहर (कक्षा २) र प्रत्रुश माझी (कक्षा शिशु) को अभिभावकत्व ग्रहण गरे ।

२०७५ बैशाख १२ गते एकै दिन ४ कार्यक्रममा सहभागि भए ।
० सक्रिय जेष्ठ नागरिक समाज, भरतपुर २१ को कार्यक्रममा सहभागी ।
० नेपाल नेत्र ज्योति संघको राष्ट्रिय भेला कार्यक्रममा सहभागी ।
० चितवन पर्यटन समितिसँग अन्तर्क्रिया कार्यक्रममा सहभागी ।
० प्रदेशसभाका माननीयसँग समग्र चितवन विकासको गुरुयोजनासहितको अन्तर्क्रिया कार्यक्रम ।

२०७५ जेठ ३ गते 
० सहिद रामकृष्ण तिमिल्सिना र उज्वल तिमिल्सिनाको सालिक अनावरण ।
० चितवन जिल्ला भित्र रहेका स्वास्थ्यकर्मी, डाक्टरसँग जिल्लाभित्रका  स्वास्थ्यका समस्या र वैकल्पिक उपायबीच अन्तर्क्रिया कार्यक्रम ।
० जिल्लाभित्र रहेका कृषिविज्ञसँग छलफल कार्यक्रम ।

२०७५ जेठ २९ गते
अध्यक्ष प्रचण्ड भरतपुर महानगरपालिकाको आयोजनामा ‘समृद्ध भरतपुर महानगरपालिका एकीकृत विकास गुरुयोजना निर्माणका लागि अवसर, चुनौती र भावी कार्यदिशा’ कार्यक्रममा सहभागी भएका थिए ।

२०७५ असार २९ गते
० जनसांस्कृतिक महासंघ चितवन र शारदा स्मृति प्रतिष्ठानद्वारा आयोजित सम्मान तथा पुरस्कार कार्यक्रममा सहभागी भए ।
० सघन सहरी विकास कार्यक्रम अन्तर्गत ‘महानगरीय रिङ्गरोड, लिङ्करोड तथा ढल निकास आयोजना शिलान्यास कार्यक्रममा सहभागि भए ।

२०७५ श्रावण २६ गते
चितवन पर्यटन विकास समितिद्वारा चितवनभित्र रहेका जनप्रतिनिधिबीच स्थानीय सरकार तथा निजी क्षेत्रको भूमिकासम्बन्धी एकदिने कार्यशाला गोष्ठीमा सहभागि भए ।

२०७५  भाद्र १३ गते
० निर्माण व्यवसायी संघ जिल्ला समिति चितवनको १५औँ वार्षिक साधरण सभामा सहभागी ।
० खगेरी नारायणी लिफ्ट सिचाँई बिकास समितिसँग छलफल कार्यक्रम ।

२०७५ असोज ७ गते
० भरतपुर महानगर फलफूल तथा तरकारी बजारको थोक व्यापार केन्द्र उद्घाटन ।
० चितवन जिल्लाभित्रका राजनीतिक पार्टी र माननीयबीच छलफल ।
० त्रिभुवन विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय साथै भरतपुर महानगरपालिकाबीच किक्रेट रंगशाला तथा इन्जिनियरिङ्ग कलेज संचालनसम्बन्धी छलफल कार्यक्रममा सहभागी ।
० आठौँ राष्ट्रिय हेल्थ अवार्ड २०७५ कार्यक्रममा सहभागी ।

२०७५ असोज ८ गते
० जिल्ला समन्वय समितिको दोस्रो जिल्लासभा उद्घाटन समारोहमा सहभागी ।
० पूर्वजनमुक्ति सेना नेपालका प्रतिनिधिसँग राजनीतिक छलफल ।

२०७५ कार्तिक ११ गते
० भरतपुर महानगरपालिकामा चालु आ.व. ०७५÷०७६ मा संचालन हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका योजना घोषणा कार्यक्रम ।
० नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला समिति चितवनद्वारा आयोजित नेपाली चाडपर्वको अवसरमा शुभकामना आदनप्रदानको कार्यक्रममा सहभागी ।

२०७५ मंसिर ६ गते
० राष्ट्रिय मावि सोशी, शुक्रनगरमा विद्यालयको स्वर्ण महोत्सव समापन कार्यक्रममा सहभागी  ।
० साझापुर मावि, मेघौली विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन समारोहमा सहभागी ।

२०७५ मंसिर ६ गते
० भरतपुर महानगरपालिका वडा नं २४ को वडा कार्यालय भवन उद्घाटन तथा वातावरणमैत्री वडा घोषणा कार्यक्रममा सहभागी ।
० बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल नर्सिङ्ग कलेजको समुद्घाटन कार्यक्रममा सहभागी ।
० २०७५ पुस १ गते भानु मावि पहारिलोटार स्कुलको स्वर्ण महोत्सव र धनधाञ्याञ्चल कार्यक्रममा सहभागी ।
० २०७५ पुस ५ गते सहिद स्मृति मावि पारसनगर स्कुलको धानाञ्चल कार्यक्रम उद्घाटन ।
० २०७५ पुस ९ गते लक्ष्मी मावि भरतपुर २३ जगतपुर स्कुलको स्वर्ण महोत्सवमा सहभागी ।
० २०७५ पुस १० जानकी मावि मेघौलीमा शोक सभामा सहभागी ।
० २०७५ पुस २३ गते राष्ट्रिय पुननिर्माण प्राधिकरणद्धारा आयोजित निजी आवास र पुनःनिर्माणसम्बन्धी समीक्षा गोष्ठीमा सहभागी । 
० २०७५ पुस २४ गते चितवन महोत्सवको समुद्घाटन तथा ठाकुर चापागाईको शोक सभामा सहभागी ।
० २०७५ माघ १७ गते एकैदिन ७ वटा कार्यक्रममा सहभागी । 
० ५ वटा आयोजनाको शिलान्यस तथा पत्रकार महिलाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन । 
० कंकाली माविको स्वर्ण महोत्सवमा सहभागी ।  

प्रचण्डको पहलमा चितवनमा निम्न साडक निर्माणाधीन छन् ।
१. महेन्द्रचोक तेलौली सडक खण्डमा १८ करोड ३३ लाख ४० हजार ९४ रुपैयाँ ।
२. मुक्तराज चोकदेखि भरतपुर महानगरको २५ नम्बर वडा कार्यालयसम्मको सडकखण्डका लागि २७ करोड ३५ लाख ७ सय ९८ रुपैयाँ ।
३ पुल्लरदेखि गंगा नगर विद्यालयसम्मको सडकखण्डका लागि ८ करोड २२ लाख ७८ हजार ५ सय ८८ रुपैयाँ ।
४. पारिजात चोकदेखि उज्वल नगर जंगल सिमानासम्मको सडकखण्डका लागि ११ करोड २३ लाख ७ सय ७८ रुपैयाँ ।
५. कैलाश चोकदेखि चनौली बजारसम्मको सडकखण्डका लागि ११ करोड १४ लाख ९१ हजार १५ रुपैयाँ ।
६. गोन्द्राङदेखि वडा नम्बर २२, २३ को सिमाना जोड्ने सडकखण्डका लागि २४ करोड ४ लाख १ हजार ४ सय ७८ रुपैयाँ ।
७. महेन्द्र चोक तेलौली सडकको प्रचण्डमार्ग पहिलोका लागि ३६ करोड ५९ लाख २१ हजार ५ सय १२ रुपैयाँ ।
८. महेन्द्र चोक तेलौली सडकको प्रचण्ड मार्ग दोश्रोका लागि ९ करोड ६९ लाख ११ हजार ४ सय ६६ रुपैयाँ ।
९. डेरिचोक पुल्लर सडक (अतिथि सडक) का लागि २ करोड ८७ लाख ६७ हजार ५ सय ३६ रुपैयाँ ।
१०. दियालो रोड (दुई नम्बरबाट ३ नम्बर जोड्नका लागि) ३ करोड ४२ लाख ७६ हजार ६ सय २ रुपैयाँ ।
११. पुलचोकदेखि राघाटसम्मको सडकका लागि १२ करोड १० लाख ५३ हजार ७ सय ७० रुपैयाँ ।
१२. शिवघाट–सुन्दर कुमारचोक–सापकोटा चोक हुँदै पकौडी रोडसम्मका लागि १६ करोड २३ लाख ९४ हजार ९ सय ९९ रुपैयाँ ।
१३. सहिद चोक–धर्मचोक हुँदै कचकचेसम्मको सडकका लागि १८ करोड ६३ लख ७९ हजार ७ सय ८१ रुपैयाँ ।

पूर्वप्रधानमन्त्री प्रचण्डले सांसद विकास कोषको ४ करोड रकम पश्चिम चितवनको माडीमा रहेका विभिन्न विद्यालय तथा भरतपुर महानगरमा पर्ने विभिन्न सडक तथा भौतिक पूर्वाधार निर्माणमा काम भइरहेको छ । 

प्रचण्डको पहलमा सडक डिभिजन कार्यालयमार्फत् निर्माण भइरहेका विभिन्न ७ वटा सडकको काम पनि चालु छ । सडक डिभिजनमार्फत् आएको ३८ करोड ३५ लाख रुपैयाँ रकममा विभिन्न ७ वटा योजना निर्माण भइरहेका छन् ।

सडक डिभिजन मार्फत निर्माणाधीन सात सडक योजना
१. रामपुर–मेघौली सडक (१३ करोड)
२. भरतपुर ठोरी हुलाकी सडकको (पटेहानीदेखि जगतपुर पुल) सम्म (१० करोड ७२ लाख)
३. वडा नम्बर १४ को बरको बोटबाट प्रचण्डमार्ग जोड्ने सडक (५ करोड)
४. शितामाई सडक खण्ड (५ करोड ६३ लाख)
५. पकौडी विशालचोकदेखि प्रचण्डमार्ग जोड्ने सडक (१ करोड ५० लाख)
६. मदन स्मृति पार्क भरतपुर (१ करोड)
७. भरतपुर १६ शिवराम चोकदेखि जानकी चोकसम्मको सडक (१ करोड)
जंगलपारीको नगरपालिकाको रुपमा रहेको माडी नगरपालिकामा पनि प्रचण्डको पहलमा ९ वटा पुल निर्माण भइरहेका छन् । मुख्य राजमार्गमा पर्ने विभिन्न ९ वटा खोलामा ६४ करोड ११ लाख ३५ हजारको लागतमा पुल निर्माणाधीन छन् । माडीमा नै हुलाकी सडक खण्डअन्तर्गत २१ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेर १५ किलोमिटर सडकखण्ड निर्माण भइरहेको छ ।
प्रचण्डकाे पहलमा निर्माणाधीन पुलहरु
१. पतरी खोला पुल– ३ करोड ८४ लाख २५ हजार
२. रिमाल खोला पुल– ३ करोड ६५ लाख ५४ हजार ७ सय ८६
३. बाँदरमुढे पुल– ४ करोड ९१ लाख ८६ हजार ६ सय ८०
४. बगई पुल– ९ करोड ३१ लाख ५८ हजार ९ सय ८१
५. मुगई पुल– ७ करोड ३५ लाख २५ हजार ३ सय ८१
६. परवी पुल– ४ करोड ३६ लाख २५ हजार ४ सय १
७. धाँगर पुल– ९ करोड ५१ लाख ५२ हजार ६ सय ४८
८. टुनामुना पुल– ५ करोड ९८ लाख ५९ हजार ५ सय २६
९. रिउ पुल– १५ करोड १६ लाख ५१ हजार ६ सय ६३

गत बिहीबार मात्रै सहरी विकास मन्त्रालयमार्फत् भरतपुर महानगरपालिकामा सञ्चालन हुन लागेका ५ वटा नयाँ आयोजनाको शिलान्यास गरिएको छ । अध्यक्ष प्रचण्डको पहलमा सहरी विकास मन्त्रालयमार्फत् सघन सहरी तथा भवन निर्माण आयोजनामा ४८ करोड ४१ लाख ३ हजार ४ सय ८५ रुपैयाँ रकम विनियोजन गरेर विभिन्न ५ योजनामा काम भइरहेको छ ।
निर्माणाधीन पाँच नयाँ आयोजना
१. देवघाटमा विद्युतीय शवदाह भवन तथा मलामी प्रतिक्षालय निर्माण– ९ करोड ९२ लाख ११ हजार १ सय ८७ रुपैयाँ ।
२. भरतपुर अस्पतालमा बिरामी कुरुवा भवन– ६ करोड २ लाख ९२ हजार ३ सय ८ रुपैयाँ ।
३. भरतपुर बसपार्कको निर्माण सुधार कार्य– १० करोड ८ लाख ६८ हजार ८ सय १३ रुपैयाँ ।
४. रानीपोखरीमा पार्क तथा पूर्वाधार निर्माण– १० करोड ३९ लाख १२ हजार ६ सय ५१ रुपैयाँ ।
५. लक्ष्मीनारायण तथा ओमकारेश्वर मन्दिर पार्क तथा पूर्वाधार निर्माण– ११ करोड ९८ लाख १८ हजार ५ सय २५ रुपैयाँ ।

प्रचण्डले विकासका कार्यक्रमलाई आफ्नो क्षेत्रमा मात्र सिमित राखेका छ्रनन् । उनकै पहलमा चितवन निर्वाचन क्षेत्र नम्बर २ मा पनि ४९ करोड बजेट विनियोजन भएर सडक निर्माण तथा स्तरोन्नतिको क्षेत्रमा काम भएको छ ।

प्रचण्ड चितवन झरेपछि पूर्व माओवाद, अहिलेका नेकपा मात्र हैन, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रचण्डसँग चुनावमा प्रतिस्पर्धा गरेका राप्रपाका नेता कार्यकर्ता समेत प्रभावित छन् । स्थानीय विश्लेषकहरु भन्छन्,‘प्रचण्डले चितवनको विकासका लागि देखाएको सक्रियता र प्रारम्भिक प्रगतिबाट समग्र चितवनबासी नतमस्तक छन्, तर यसले निरन्तरता पाँउछ कि पाँउदैन भन्ने मात्रै चिन्ता छ ।’

याे पनि पढ्नुस... यति बेला प्रचण्डले किन गरे अर्को लडाइको कुरा ? (भिडियोसहित)

याे पनि........  

शुक्रबारको प्रचण्ड प्रहारको अर्थ र शनिबारकाे प्र.म.ओलीसँगको बार्ता

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर