पृथ्वी राजमार्ग ७ घण्टादेखि अवरुद्ध
काठमाडौं । पहिरो खसेपछि पृथ्वी राजमार्ग सात घण्टादेखि अवरुद्ध छ। चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा राजमार्गमाथिबाट रूखसहितको ठूलो सुख्खा पहिरो खस्दा सडक दुवैतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ।
शनिबार राति करिब १०ः२५ बजे खसेको पहिरोका कारण नारायणगढ–काठमाडौँ सडकखण्ड पूर्णरूपमा बन्द भएको हो। पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउन कम्तीमा ६÷७ घण्टा समय लाग्ने अनुमान गरिएको प्रहरीले जनाएको छ।
यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म नारायणगढबाट काठमाडौँ जाने तथा काठमाडौँबाट नारायणगढ आउने सबै प्रकारका सवारीसाधनको आवागमन पूर्णरूपमा बन्द गरिएको छ। पहिरो पन्छाएर सडक खुलाउन सडक विभागसँगसमेत समन्वय भइरहेको प्रहरीले जनाएको छ।
सडकको अवस्था सामान्य नभएसम्म वैकल्पिक व्यवस्था अपनाउन तथा अनावश्यक यात्रा नगर्न पनि समेत प्रहरीले अनुरोध गरेको छ। पहिरोको कारण सवारी साधन रोकिँदा यात्रुले सास्ती पाएका छन्।







प्रतिकृया दिनुहोस