ज्ञानेन्द्र कार्कीदेखि रामहरि खतिवडासम्मले छोडे देउवा गुट, पुगे सानेपा
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुन शेरबहादुर देउवापक्षका नेताहरू सानेपा पुग्नेक्रम जारी छ।
अहिलेसम्म बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, नैनसिंह महरसहित ११ जना नेता पुगिसकेका छन्। उनीहरू सबै देउवाका निकट हुन्।
कांग्रेस नेता महालक्ष्मी उपाध्यायका अनुसार देउवा पक्षका धेरै नेता आज सानेपा आउने भएका छन्।
कांग्रेसका सभापति गगन थापाले १४औं महाधिवेशनका केन्द्रीय सदस्यहरूलाई विशेष महाधिवेशनबाट आएको केन्द्रीय सदस्य बराबर हैसियत दिने निर्णय गरेका थिए। यही निर्णयले बिहीबार बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन सानेपा पुगेका हुन्।
नेता रामहरि खतिडाले ५० जना नेता सानेपा पुग्ने बताए। देउवा पक्षका नेतालाई सानेपा बैठकमा सहभागी हुने वातावरण बनाउन उदयसम्शेर राणा र योगेन्द्र चौधरी सक्रिय भएका छन्। राणाले ८० नेता बैठकमा सहभागी हुनसक्ने दाबी गरे।
अहिलेसम्म बालकृष्ण खाँण, मीनबहादुर विश्वकर्मा, ज्ञानेन्द्रबहादुर कार्की, रामहरि खतिवडा, श्याम घिमिरे, किशोरसिंह राठोर, महालक्ष्मी उपाध्याय (डिना), सुरेन्द्रराज पाण्डे, महेन्द्र यादव र इन्द्रबहादुर बानियाँलगायतका नेता सानेपा पुगेका छन्।







प्रतिकृया दिनुहोस