• २०८३ असोज ३ शनिबार
  • Saturday, 19 September, 2026

देउवा पक्षका ४० भन्दा धेरै केन्द्रीय नेता गगन पक्षमा लागे, गगनले गरे यस्ताे आग्रह

काठमाडाैं । महाधिवेशन नजिकिँदै गर्दा बिहीबार कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्यो ।

जहाँ सभापति गगन थापाले पार्टीभित्रको एकता कायम गर्न आफूले महाधिवेशन उद्घाटनको दिनसम्मै देउवालाई सहभागी गराउने प्रयास गर्ने बताएका छन् ।

थापाले पार्टीभित्रको पुरानो विवादलाई लिएर अब एकअर्कामाथि टिप्पणी नगर्न पनि नेताहरूलाई आग्रह गरे।

थापाले पूर्वसभापति देउवालाई महाधिवेशनमा सहभागी भएर उद्घाटन गर्नसमेत आग्रह गरे। ‘अधिवेशनको दिनमा पार्टीका पूर्वसभापतिज्यूले आएर अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रा निम्ति सम्मानको विषय हुन्छ,’ उनले भने।

कांग्रेसले असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्दै छ । आजको बैठकमा देउवा पक्षका महालक्ष्मी उपाध्याय (डिना), इन्द्रबहादुर बानियाँ, मीनबहादुर विश्वकर्मा, ईश्वरी न्यौपाने, रामहरि खतिवडा, नैनसिंह महर, गोविन्द भट्टराई, उमेशजंग रायमाझी, शान्ति परियार, गणेश लामा, राधा घले, सरस्वती अर्याल, किरण यादव लगायतको उपस्थिति थियो ।

देउवा पक्षबाट ४० जनाभन्दा बढी सहभागी भएको नेता मीन विश्वकर्माले बताए । शनिबारबाट वडा अधिवेशन सुरु हुने भएकाले अधिकांश नेता भने गृहजिल्ला गइसकेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर