एमाले बैठकमा ओलीको आदेशः मोबाइल चलाउन प्रतिबन्ध
काठमाडौं । नेकपा एमालेको बैठकमा अध्यक्ष केपी ओलीले नियमका कडा प्रावधानसहितका बुंदा सुनाएका छन् । आफ्नो उद्घाटन मन्तव्यका क्रममा अध्यक्ष ओलीले बैठकका अडियो, भिडियो तथा लाइभ गर्ने मात्रै हैन मोबाइल नै नचलाउन र स्वीच अफ गर्न निर्देशन दिएका छन् ।
ओलीले फागुन २१ मा निर्वाचनको एउटा नाटक मञ्चन गरिएको टिप्पणी गरे । जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै असंवैधानिक ढङ्गले संसद् विघटन गरेर बलजफती दमनका बीच निर्वाचनको नाटक गरिएको दाबी गरे।
उनले भने, ‘हाम्रो लोकतान्त्रिक प्रणाली र संविधानमाथिको हमलाका विरुद्ध सङ्घर्ष गर्नुपर्नेछ । हामीले असंवैधानिक ढङ्गले विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापना गरिनुपर्छ भनेर बलजफती दमनका बीचमा, एरिया बन्दी गरेर कतै जान नपाउने, पासपोर्ट रोक्का गरेर चुनाव घोषणा गरियो । प्रहरीबाट खोसिएका हतियार अपराधीसँगै छन् । जेलबाट भगाइएका कैदीहरू बाहिरै छन् ।’ उनले अहिले राज्य आतङ्क मच्चिरहेको बताए।
उनले थपे, ‘हरेकलाई गिरफ्तार गर्ने, थर्काउने, तर्साउने, जाली मुद्दा लगाउने त्यो सिलसिला त्यो छँदै छ । त्यस्तो अवस्थामा निर्वाचनको एउटा नाटक मञ्चन गरियो । बोल्नै नदिएपछि शान्तिपूर्ण हुने भयो नि ! कोही कसैको बोल्ने अवस्थै छैन त शान्तिपूर्ण, कुनै आवाजै छैन त । आवाज निकाल्यो भने त बोल्दाबोल्दै गिरफ्तार गरेको हामीले देख्यौ।’






प्रतिकृया दिनुहोस