• २०८३ असोज १० शनिबार
  • Saturday, 26 September, 2026

एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक 

नागोया । करातेका तेन्जिङ शेर्पाले २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक दिलाएका छन् । 

तेन्जिङले तोयोहाशी जिम्नेजियममा बुधबार भएको खेलमा लाओसका सायासान भाथानालाई रिपिचेजमा पराजित गर्दै कास्य पदक जितेका हुन् । 

तेन्जिङले १ इप्पोनसहित ९ स्कोर गरेका थिए । तेन्जिङले खेल ९–१ ले आफ्नो पक्षमा पारेका थिए । 

जापानको नागोयामा भइरहेको २० औं एसियाली खेलकुदमा नेपालले जितेको यो पहिलो पदक हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर