• २०८३ असोज १० शनिबार
  • Saturday, 26 September, 2026

एसियग गेम्स: अफगानिस्तानविरुद्ध सहज लक्ष पछ्याउँदै नेपाल

काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले जितका लागि अफगानिस्तान सहज लक्ष पाएकाे छ ।

कुशल भुर्तेल र ललित राजवंशीको घातक बलिङमा अफगानबाट जितका लागि नेपालले १ सय ३ रनको सामान्य लक्ष्य पाएको हाे।

जापानको निस्सिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २ रनको योगफल तयार पारेको हो।

अफगानिस्तानलाई कम स्कोरमा रोक्न नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए। ललित राजवंशीले ३ विकेट लिए। 

ललितले ४ ओभरमा मात्र १३ रन खर्चेर ३ विकेट लिए। कुशलले ४ ओभरमा १ मेडन राख्दै २१ रन दिएर ४ विकेट आफ्नो नाममा गरे। 

करण केसी, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र रोहित पौडेल भने विकेटविहीन रहे। 

अफगानिस्तानका लागि फैसल खान र नजिबुल्लाह जड्रानले समान ३० रन बनाए। नन्गेलिया खान १२ रनमा अविजित रहे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

नेपालले ओपनर कुशल भर्तेल गुमाउँदै जवाफी ब्याटिङ गरिरहेकाे छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर