यी हुन् देउवा कांग्रेसले महाधिवेशनका लागि तोकेका जिल्ला संयोजक
काठमाडौं । कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले १५ औं महाधिवेशनको समानान्तर तयारीका लागि मधेश प्रदेशबाहेक ६ प्रदेशका जिल्लामा संयोजक र सहसंयोजक खटाएको छ ।
देउवा पक्षले असोज १५ देखि वडा अधिवेशन सुरु गरेर मंसिर २१ देखि २३ सम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने तयारी गरिरहेको छ ।
महाधिवेशन तयारीका लागि देउवा पक्षले सुदूरपश्चिम, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र कोशी प्रदेशका जिल्लामा संयोजक खटाएको जनाएको छ । मधेश प्रदेशमा भने अहिलेसम्म जिल्ला संयोजक तोकिएको छैन ।
सुदूरपश्चिम प्रदेशमा बाजुरामा धनराज पण्डित, बझाङमा हर्क जङ्गबहादुर सिंह, डोटीमा नरेन्द्रबहादुर सिंह, दार्चुलामा सुरेन्द्र अवस्थी, बैतडीमा वीरबहादुर विष्ट, डडेल्धुरामा डिल्लीराज जोशी, कञ्चनपुरमा पदम बोगटी र कैलालीमा खेमबहादुर डगौरा थारुलाई संयोजक तथा रामसम्भव रानालाई सहसंयोजक तोकिएको छ । अछाममा भने संयोजक तोकिएको छैन ।
वाग्मती प्रदेशमा दोलखामा ताराकुमार खड्का र जयराम श्रेष्ठलाई सहसंयोजक, रामेछापमा जीतबहादुर मगर, रसुवामा उपेन्द्र लम्साल, धादिङमा गोपाल विक, नुवाकोटमा श्रीराम श्रेष्ठ, सिन्धुपाल्चोकमा लालकाजी तामाङ, चितवनमा मिलन श्रेष्ठ, मकवानपुरमा भीम लामा, भक्तपुरमा दुर्लभ थापा, ललितपुरमा सुदर्शन घिमिरे र काठमाडौंमा जयकृष्ण महर्जनलाई जिम्मेवारी दिइएको छ । सिन्धुली र काभ्रेमा संयोजक तोक्न बाँकी छ ।
गण्डकी प्रदेशमा गोरखामा भुगोल थापा, लमजुङमा रामकृष्ण कँडेल, कास्कीमा ऋषीराम काफ्ले, मनाङमा नाचोड गुरुङ, पर्वतमा रामकृष्ण मल्ल, म्याग्दीमा हिराबहादुर पुन मगर, बागलुङमा सागर छन्त्याल र नवलपुरमा अशोक बस्ताकोटीलाई संयोजक तोकिएको छ । तनहुँ, मुस्ताङ र स्याङ्जाको विवरण सार्वजनिक गरिएको छैन ।
लुम्बिनी प्रदेशमा नवलपरासीमा विकास घिमिरे, रुपन्देहीमा गुनाखर भुर्तेल, कपिलवस्तुमा अब्दुल मन्नान खाँ र खुर्सेद अहमद खाँ, पाल्पामा माधव नेपाल, अर्घाखाँचीमा लक्ष्मण पाण्डे, गुल्मीमा वेदबहादुर थापा, रोल्पामा मानबहादुर खत्री, प्युठानमा ईश्वरीसिंह विष्ट, दाङमा गोपालराज शर्मा, बाँकेमा कृष्ण काकी र बर्दियामा जगतप्रसाद पाण्डेलाई संयोजकको जिम्मेवारी दिइएको छ ।
कर्णाली प्रदेशमा डोल्पामा देउप्रसाद बुढा, जुम्लामा हेम बुढाथापा, मुगुमा कर्ण रावल, हुम्लामा सूर्यबहादुर शाही, कालिकोटमा मातृका सिंह, जाजरकोटमा राजजंग शाह, दैलेखमा मीनबहादुर विश्वकर्मा (मिलन) र सुर्खेतमा ललित भट्टराईलाई संयोजक तोकिएको छ । रुकुम पश्चिम र सल्यानमा संयोजक तोकिएको छैन ।
कोशी प्रदेशका पाँचथरमा डेकेन्द्रकुमार तामाङ, झापामा कृष्ण हुमागाईं, संखुवासभामा रामकुमार जीसी, भोजपुरमा धर्मराज राई, मोरङमा सुभाष पौडेल, खोटाङमा रोजन राई, ओखलढुंगामा बालगोविन्द राजभण्डारी र उदयपुरमा बसन्त बस्नेतलाई संयोजक तोकिएको छ । मोरङमा विनायक पन्त र उदयपुरमा गोविन्द चाम्लिङलाई सहसंयोजकको जिम्मेवारी दिइएको छ । कोशीका ताप्लेजुङ, इलाम, तेह्रथुम, धनकुटा, सुनसरी र सोलुखुम्बुमा संयोजक तोक्न बाँकी छ ।







प्रतिकृया दिनुहोस