• २०८३ असोज १३ मंगलबार
  • Tuesday, 29 September, 2026

प्रहरीबाट छुटेपछि पूर्वप्रधानन्यायाधीशले मागे शान्ति सुरक्षा

काठमाडौँ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रहरी हिरासतबाट छुटेलगत्तै शान्ति सुरक्षाको माग गरेका छन् । उनले प्रहरीमा निवेदन दर्ता गराए।

उनको तर्फबाट छोरा सचिन्द्र शमशेर जबराले हस्ताक्षर गरेको निवेदन उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा दर्ता भएको हो ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीआईजी गोविन्द थपलियाले कार्यालयमा निवेदन आएको कान्तिपुरलाई बताए । उनले भने, ‘अहिले उहाँ प्रहरीको निगरानीमा घरमै हुनुहुन्छ ।’

निवेदनमा ‘देशको अवस्था, सामाजिक सञ्जाललगायत मिडियाहरुमा आएका शान्ति सुरक्षासाग सम्बन्धित प्रश्नहरुका कारण आफू र परिवारको शान्ति सुरक्षामा गम्भीर चुनौती महसुस’ गरेको भनिएको छ ।

‘मेरो विगतमा राज्यका अंगहरुमा बहन गरेका जिम्मेवारी, राज्यको न्याय पालिकाको प्रमुखको हैसियतमा सम्पादन गरेका न्यायिक निर्णय लगायतका कारण पनि ममाथि थप असुरक्षा महसुस भएको छ,’ निवेदनमा भनिएको छ, ‘मैले कतिपय कुराहरु हालका मितिमा यस कार्याल्यमा आइसकेपछि जानकारी पाएा । यस कारण मलाई थप सुरक्षा थप गरी पाउन यो निवेदन पेश गरेको छु ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर