यामल चम्किएः क्राेयसियाविरुद्ध स्पेनकाे अर्काे जित
एजेन्सी । लामिन यामलको दुई गोलको मदतले विश्व च्याम्पियन स्पेनले यूईएफए नेसन्स लिगमा मंगलबार क्रोएसियालाई ४–१ ले पराजित गरेको छ । यस्तै चेक गणतन्त्रमाथि इंग्ल्यान्डले रचेको २–० जितमा ह्यारी केनले पनि गोल गरे ।
सेभियामा भएको खेलमा मार्क पुबिल र निको विलियम्सले पनि गोल गरे । यामलले गरेको पहिलो गोल भने सुरुआती ७५ सेकेन्डमै सम्भव भएको थियो । विश्वकप पछिको आफ्नो पहिलो खेलमा स्पेनले इंग्ल्यान्डलाई हराएको थियो ।
त्यसै हारलाई बिर्साउने क्रममा इग्ल्यान्डका लागि केनसँगै एन्थोनी गोर्डनले गोल गरे । दुवै गोल दोस्रो हाफको मध्य भागमा सम्भव भएको थियो । अन्य खेलमा स्विटजरल्यान्डले स्कटल्यान्डलाई ३–० र स्लोभानियाले उत्तरी मेसेडोनियालाई २–० ले हरायो ।







प्रतिकृया दिनुहोस