• २०८३ असोज २० मंगलबार
  • Tuesday, 6 October, 2026

गगनले बन्दसत्रमा प्रस्तुत गरेकाे ४६ पृष्ठकाे प्रतिवेदनमा के छ? (पूर्णपाठ) 

काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औं महाधिवेशनको बन्दसत्रमा ४६ पृष्ठ लामाे राजनीतिक प्रतिवेदन पेश गरेका छन्। 

काठमाडौंको खुलामञ्चमा सुरु भएको बन्दसत्रमा सभापति थापाले ‘राष्ट्रिय पुनर्जागरण र सम्मुन्नति’ शीर्षकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन्। यसमा उनले अब कांग्रेसले अपनाउने बाटोबारे चर्चा गरेका छन्। 

बन्दसत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै सभापति थापाले गत प्रतिनिधि सभाको निर्वाचनको हारमा अल्झिएर बस्नु नहुने बताए। ‘हामीलाई निर्वाचनको पराजयमै अल्झिएर बस्ने सुविधा छैन,’ थापाले भने, ‘जनादेशको सम्मान गर्दै पराजयका कारण खोज्नुपर्छ, आफ्नो कमजोरी सच्याउनुपर्छ र देशप्रतिको दायित्व निर्वाह गर्नुपर्छ।’

महाधिवेशनको बन्दसत्रमा थापाको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ। सोमबारदेखि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइने भएको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर