• २०८३ कार्तिक ३ सोमबार
  • Monday, 19 October, 2026

दशैंमा घर हिंडेका यात्रु बाेकेकाे सुमाे दुर्घटना हुँदा ३ जनाकाे मृत्यु ३ बेपत्ता

काठमाडाैं । दशैं पर्व मनाउन काठमाडौंबाट खोटाङतर्फ जाने यात्रु बाेकेकाे टाटा सुमो जीप सिन्धुलीको फिक्कल गाउँपालिका–६ स्थितमा दुर्घटनामा परेकाे छ । जीप सडकबाट सुनकोसीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

सुमोमा चालकसहित १० जना सवार रहेको जनाइएको छ । दुर्घटनामा मृत्यु भएका र बेपत्ता भएका यात्रुको पहिचान खुल्न बाँकी छ ।

राति यात्रा गरिरहेको सुमो सडकबाट सुनकोसीमा खसेको हो । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर