• २०८३ कार्तिक ४ मंगलबार
  • Tuesday, 20 October, 2026

स्पेनिस लिगमा बार्सिलोना पछ्याउँदै रियल, एमबाप्पेको २ गोल

काठमाडौं । किलियन एमबापेको दुई गोलको मदतले स्पेनी ला लिगामा रियल म्याड्रिडले आइतबार सेभियालाई ४–१ ले पराजित गरेको छ । उनले ३७ औं मिनेटमा शानदार गोल गरेपछि पेनाल्टीबाट ६३ औं मिनेटमा दोस्रो गोल थपे ।

यस्तै रियलका लागि आर्ड गुलेर र यान डिआन्डेले एक एक गोल थपे । सेभियाका लागि मानु बुएनोले एक सान्त्वना गोल फर्काए । यो जितपछि रियलको नौ खेलबाट २१ अंक भएको छ र शीर्ष स्थानमा रहेको बार्सिलोनासँग छ अंकको दूरीमा रहेको छ ।

बार्सिलोना २७ अंकमा शीर्ष स्थानमा छ भने उसको पछाडि एटलेटिको म्याड्रिड २२ अंकमा रहेको छ । आइतबारका अन्य खेलमा रियल सोसिडाडले मालागालाई ५–२, सेल्टा भिगोले डेपोर्टिभो एलाभेसलाई २–१ र ओसासुनाले रेसिङ सान्टेन्डरलाई २–० ले हरायो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर